Kathmandu Press

यमलाल कँडेल बने कर्णालीको मुख्यमन्त्री

प्रदेश प्रमुख तिलक परियारले उनलाई मंगलबार बेलुका मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
यमलाल कँडेल बने कर्णालीको मुख्यमन्त्री

सुर्खेत, चैत २७ : एमाले संसदीय दलका नेता यामलाल कँडेल कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्।

प्रदेश प्रमुख तिलक परियारले उनलाई मंगलबार बेलुका मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

Hardik ivf

कँडेलले गठबन्धनमा रहेका नेकपा एमालेका ९, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका १ सहित २३ प्रदेश सभा सदस्यको हस्ताक्षरसहित आफूलाई मुख्यमन्त्री बनाउन दाबी पेश गरेका थिए।

नयाँ सत्ता गठबन्धन बनेपछि कर्णालीको मुख्यमन्त्री एमालेलाई दिने सहमतिअनुसार राजकुमार शर्माले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए।

प्रकाशित मिति: १९:०७ बजे, मंगलबार, चैत २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्