Kathmandu Press

कर्णाली एमाले संसदीय दलका नेता कँडेलद्वारा मुख्यमन्त्रीमा दाबी पेस

प्रदेश संसदीय दलका नेता कँडेलले एमाले–माओवादी र नेकपा एकीकृत समाजवादी सहित २३ सांसदले सरकारका लागि हस्ताक्षर गरेको दाबी लिएका छन्।
कर्णाली एमाले संसदीय दलका नेता कँडेलद्वारा मुख्यमन्त्रीमा दाबी पेस

काठमाडौं, फागुन २६ : कर्णाली एमाले संसदीय दलका नेता यामलाल कँडेलले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्।

प्रदेश संसदीय दलका नेता कँडेलले एमाले–माओवादी र नेकपा एकीकृत समाजवादी सहित २३ सांसदले सरकारका लागि हस्ताक्षर गरेको दाबी लिएका छन्।

Hardik ivf

नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख तिलक परियार समक्ष केही समयअघि दाबी पेस गरेका हुन्। कर्णाली प्रदेश सभामा नेकपा एमालेका ९, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका एक सहित २३ प्रदेश सभा सदस्य रहेका छन्। 

मुख्य मन्त्रीको दाबी पेश गर्नेक्रममा कर्णलीमा एमालेका १० प्रदेश सभा सदस्यमध्ये सभामुख नन्दा गुरुङ्गको नाम गणना गरिएको छैन्। प्रदेशमा सरकार गठनका लागि २१ जनाको बहुमत आवश्यक पर्छ।
 
प्रकाशित मिति: १७:५२ बजे, मंगलबार, चैत २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्