Kathmandu Press

सम्पत्ति छानबिन गर्ने भए ‘संसदीय छानबिन समिति’ पनि बनाऔं : महामन्त्री शर्मा

‘विगतदेखि हामी सबैले माग गर्दै आएको ०४७ यता सार्वजनिक पद धारण गर्नेको सम्पत्ति उपर उच्चस्तरीय छानबिन समितिको माग रास्वपाले अहिले जो अघि सारेको छ, त्यो उपयुक्त छ। गठन गरौं।’
सम्पत्ति छानबिन गर्ने भए ‘संसदीय छानबिन समिति’ पनि बनाऔं : महामन्त्री शर्मा

काठमाडौं, चैत २७ : नेपाली कांग्रेसका महामन्त्री एवम सांसद विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीले उठाइरहेको सार्वजनिक पद धारण गर्नेको सम्पत्ति उपर उच्चस्तरीय छानबिन समितिको स्वागत गरेका छन्। 

मंगलबार सामाजिक संजालमा भनेका छन्, ‘विगतदेखि हामी सबैले माग गर्दै आएको ०४७ यता सार्वजनिक पद धारण गर्नेको सम्पत्ति उपर उच्चस्तरीय छानबिन समितिको माग रास्वपाले अहिले जो अघि सारेको छ, त्यो उपयुक्त छ। गठन गरौं।’

Hardik ivf

त्यस्तै उनले सहकारी ठगीबारे ‘संसदीय छानविन समिति’ गठन गरौं पनि भनेका छन्। रास्वपाको मागप्रति समर्थन गर्दै शर्माले छानविन समितिका लागि दबाब बढाएका हुन्।

नेपाली कांग्रेसको मंगलबार बसेको संसदीय दलको बैठकले पनि सहकारीको रकम दुरुपयोग, हिनामिना र ठगी गर्ने कार्यमा सरकारमा वहाल रहेका मन्त्री समेत संलग्न रहेकाले संसदीय छानबिन समिति माग गरेको छ।
 

प्रकाशित मिति: १७:३४ बजे, मंगलबार, चैत २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्