Kathmandu Press

गैंडाको आक्रमणबाट एक जनाको मृत्यु

कावासोती नगरपालिका–१० रतवल निवासी ९० वर्षीय ज्येष्ठ नागरिक जगरीमाया महतोको गैँडाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्तापूर्वका प्रहरी नायब निरीक्षक बेदबहादुर पौडेलले बताए।
गैंडाको आक्रमणबाट एक जनाको मृत्यु
Hardik ivf

मध्यबिन्दु (नवलपरासी), चैत २७ : नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोतीमा गैँडाको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ। 

कावासोती नगरपालिका–१० रतवल निवासी ९० वर्षीय ज्येष्ठ नागरिक जगरीमाया महतोको गैँडाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्तापूर्वका प्रहरी नायब निरीक्षक बेदबहादुर पौडेलले बताए।

कृष्णसार मध्यवर्ती सामुदायिक वनमा भेडा चराउने क्रममा आज दिउँसो १ बजेतिर गैँडाले आक्रमण गर्दा गम्भीर घाइते भएका महतोको उपचारको क्रममा मध्यविन्दु जिल्ला अस्पताल डण्डामा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १७:२७ बजे, मंगलबार, चैत २७, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्