‘गृहमन्त्रीलाई सुन्ने धैर्यता कांग्रेसले राख्नुपर्छ’
माओवादी केन्द्रका सांसद राजन दाहालले कांग्रेस जस्तो जिम्मेवार पार्टीले सदनमा अराजनीतिक र गैरजिम्मेवार प्रवृति देखाएको बताए।
काठमाडाैं, चैत २७ : एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सभामुखसंगको छलफलमा पनि अवरोध गर्ने चेतावनी कांग्रेसले दिएकाले सूचना टाँस गरेर बैठक रोकिएको बताएका छन्।
मंगलबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै उनले सदनमा अगाडी बढाउन आग्रह गरे पनि कांग्रेसले अस्वीकार गरेको धारणा राखे। गृहमन्त्रीलाई सुन्ने धैर्यता कांग्रेसले राख्नुपर्ने उनको भनाइ छ।
त्यस्तै माओवादी केन्द्रका सांसद राजन दाहालले कांग्रेस जस्तो जिम्मेवार पार्टीले सदनमा अराजनीतिक र गैरजिम्मेवार प्रवृति देखाएको बताए।
सहकारी प्रकरणलाई लिएर महिनौसम्म सदनको काम कारवाही प्रभावित गर्ने काम उचित नभएको उहाले बताए।
प्रकाशित मिति: १७:१५ बजे, मंगलबार, चैत २७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![सुकुम्बासी र भूमिहीनहरू सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_5989ea30-1782555720.jpeg)

