आरोपित भएसम्म रवि लामिछानेले पदमा बस्न मिल्दैन : शशांक काेइराला
मंगलबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै कोइरालाले नैतिकताका आधारमा गृहमन्त्रीले राजीनामा दिएर छानविनको वातावरण बनाउनुपर्ने बताएका हुन्।
काठमाडाैं, चैत २७ : नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पदबाट राजीनामा दिएर गृहमन्त्रीले छानविनको लागि मार्गप्रसस्त गर्नुपर्ने बताएका छन्।
मंगलबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै कोइरालाले नैतिकताका आधारमा गृहमन्त्रीले राजीनामा दिएर छानविनको वातावरण बनाउनुपर्ने बताएका हुन्। उनले आरोपित भएसम्म रवि लामिछाने पदमा बस्न नमिल्ने बताए। त्यस्तै उहाले कांग्रेसले गरेको विरोध प्रतिपक्षीमा बस्नुपरेको आक्रोश नभएको जिकिर गरे।
कांग्रेसले अवरोध गरेपछि मंगलबार बसेको प्रतिनिधिसभा बैठक अवरुद्ध भएको थियो ।
प्रकाशित मिति: १७:१० बजे, मंगलबार, चैत २७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![सुकुम्बासी र भूमिहीनहरू सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_5989ea30-1782555720.jpeg)

