गण्डकीका कृषि निर्देशनालय प्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
भवन निर्माणका लागि विनियोजित बजेटमा २८ लाख ३७ हजार २१७ रुपैयाँ भ्रष्टाचार भएको दाबी गर्दै बिगो बिगो बराबरको जरिवाना र कैद सजायको मागदाबी गरिएको छ।
काठमाडौं, चैत २६ : कृषि विकास निर्देशनालय, गण्डकी प्रदेशका तत्कालीन निमित्त कार्यालय प्रमुख नीलकण्ठ पोखरेलसहित ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ।
भवन निर्माणका लागि विनियोजित बजेट हिनामिना गरेको आरोपमा कारबाहीको मागसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार मुद्दा दायर गरेको हो। भवन निर्माणका लागि विनियोजित बजेटमा २८ लाख ३७ हजार २१७ रुपैयाँ भ्रष्टाचार भएको दाबी गर्दै बिगो बिगो बराबरको जरिवाना र कैद सजायको मागदाबी गरिएको छ।
अख्तियारले भ्रष्टाचारमा कृषि विकास निर्देशनालय, गण्डकी प्रदेशका तत्कालीन निमित्त कार्यालय प्रमुख निलकण्ठ पोखरेल कृषि इन्जिनियर विश्वनाथ पौडेल, तत्कालीन कृषि अर्थ विज्ञ (शाखा प्रमुख) भानुभक्त भट्टराई, स्याङ्जाको गल्याङ्ग नगरपालिका ३ स्थित पकवादी सहकारी संस्थाका अध्यक्ष हरिलाल खनाल, उपाध्यक्ष हेमा न्यौपाने तिमिल्सिना, सचिव परसुराम खनाल, कोषाध्यक्ष उमा श्रेष्ठ र गल्याङ्ग नगरपालिका– ३ का महेन्द्र कुमार भन्ने श्रीप्रसाद श्रेष्ठमाथिकारबाही गर्न माग गरेको छ।
भवन निर्माणका लागि गल्याङस्थित पकवादी कृषि सहकारी संस्थाबाट प्राप्त बजेट हिनामिना गरेको, एउटा जग्गाधनी प्रमाण पुर्जा देखाएर अर्को ठाउँमा भवन बनाएको, मापदण्ड मिचेको लगायतका आरोप अख्तियारले लगाएको छ।










![सुकुम्बासी र भूमिहीनहरू सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_5989ea30-1782555720.jpeg)

