Kathmandu Press

राप्रपाको प्रदर्शनमा झडप हुँदा १४ जना घाइते, मागियाे गृहमन्त्रीकाे राजीनामा

प्रहरीले दुईजनालाई नियन्त्रणमामा लिएको छ। 
राप्रपाको प्रदर्शनमा झडप हुँदा १४ जना घाइते, मागियाे गृहमन्त्रीकाे राजीनामा

काठमाडौँ, चैत २७ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपाल सरकार समक्ष पेस गरेको ४० बुँदे माग पूरा गराउन दबाब सिर्जना गर्ने क्रममा आज काठमाडौँमा गरेको प्रदर्शनमा झडप हुँदा १४ जना घाइते भएका छन्। प्रहरीले दुईजनालाई नियन्त्रणमामा लिएको छ। 

सहरका विभिन्न क्षेत्रबाट आएको जुलुस निषेधित क्षेत्र उल्लङ्घन गर्ने प्रयास गरेपछि सिंहदरबार अगाडि भद्रकाली सडकमा प्रहरीसँग झडपसमेत भएको थियो । जुलुसलाई नियन्त्रण गर्न सामान्य लाठी चार्ज, केही सेल अँश्रुग्यास र पानीको फोहरासमेत प्रयोग गर्नुपर्ने अवस्था आएको प्रहरीले जनाएको छ।  

Hardik ivf

प्रदर्शनका क्रममा आफ्ना केही कार्यकर्ता घाइतेसमेत भएको राप्रपाले जनाएको छ। राप्रपा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय पार्टीको रुपमा रहेको छ। राप्रपाले गणतन्त्र खारेज गर्नुपर्ने, राजासहितको शासन व्यवस्था हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरी नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने लगायतका माग राख्दै आएको छ।

प्रदर्शनको नेतृत्व पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन आफैंले गरेका छन् । निषेधित क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रदर्शनका क्रममा काठमाडौँ उपत्यकाको सवारी व्यवस्थापन र आवागमनमा केही असहज भएको छ। सिंहदरबार अगाडिको मुख्य सडकमा झण्डै दुई घण्टादेखि सवारीसाधन चलेका छैनन्। 

यसैबीच राप्रपाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ।  प्रदर्शनपछि कोणसभालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले ४० बुँदेमा गृहमन्त्री लामिछाने राजीनामा पनि थपेर लैजाने बताए। उनले प्रदर्शनमा सहभागीहरुलाई बानेश्वर गएर आम सभा गर्न पनि आह्वान गरे।

प्रकाशित मिति: १५:४६ बजे, मंगलबार, चैत २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्