प्रतिनिधि सभा बैठक भोलिसम्मका लागि स्थगित
मंगलबार सूचना टाँसेर स्थगित गरिएको हाे। कांग्रेसले बैठकमा अवरोध गरेपछि १५ मिनेटको लागि स्थगित गरिएको बैठक फेरि नबसी सूचनामार्फत बैठक भोलि बिहान ११ बजेका लागि बोलाइएको हाे।
काठमाडौं, चैत २७ : प्रतिनिधि सभाको बैठक भोलि (बुधबार) सम्मका लागि स्थगित भएको छ।
मंगलबार सूचना टाँसेर स्थगित गरिएको हाे। कांग्रेसले बैठकमा अवरोध गरेपछि १५ मिनेटको लागि स्थगित गरिएको बैठक फेरि नबसी सूचनामार्फत बैठक भोलि बिहान ११ बजेका लागि बोलाइएको हाे।
बैठक स्थगित गरेर सभामुख देवराज घिमिरेले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत दलका नेताहरूसँग छलफल गरे।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने अडान लिइरहेपछि छलफल निष्कर्षमा पुग्न सकेको छैन।
प्रकाशित मिति: १४:३१ बजे, मंगलबार, चैत २७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![सुकुम्बासी र भूमिहीनहरू सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_5989ea30-1782555720.jpeg)