राप्रपाका प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेपछि प्रहरीद्वारा अश्रुग्यास र पानीकाे फाेहरा प्रहार
गत फागुन ९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई ४० बुँदे मागपत्र बुझाएर राप्रपाले आन्दोलनमा थालेको हाे। साेही माग पूरा गराउन दबाब दिने उद्देश्यले जनप्रदर्शन सुरू गरिएको राप्रपाले बताएकाे छ।
काठमाडौं, चैत २७ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रदर्शनका सहभागीले निषेधित क्षेत्र तोडेपछि प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको छ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको नेतृत्वमा रहेकाे जुलुस राप्रपाको जुलुस भृकुटीमण्डपबाट सुरु भएको थियो। भद्रकालीबाट माइतीघरतर्फ जान सिंहदरबारको मूल गेटअगाडि पुगेर मोडिने क्रममा प्रहरीले राेक्ने क्रममा केही सेल अश्रुग्यास प्रहार गरेको हाे।
गत फागुन ९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई ४० बुँदे मागपत्र बुझाएर राप्रपाले आन्दोलनमा थालेको हाे। साेही माग पूरा गराउन दबाब दिने उद्देश्यले जनप्रदर्शन सुरू गरिएको राप्रपाले बताएकाे छ।
प्रदर्शनकारीलाइ राेक्न प्रहरीले पानीको फोहोरा पनि हानेको छ।
प्रकाशित मिति: १३:५२ बजे, मंगलबार, चैत २७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![सुकुम्बासी र भूमिहीनहरू सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_5989ea30-1782555720.jpeg)