Kathmandu Press

कांग्रेसकाे अवरोधपछि सभामुख घिमिरेले गरे १५ मिनेटका लागि प्रतिनिधि सभाको बैठक

सभामुख घिमिरेले १५ मिनेटपछि बस्ने गरी संसद बैठक स्थगित गरेका हुन्।
कांग्रेसकाे अवरोधपछि सभामुख घिमिरेले गरे १५ मिनेटका लागि प्रतिनिधि सभाको बैठक

काठमाडौं, चैत २७ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठक स्थगित गरेका छन्।

मंगलबारकाे बैठक सुरू हुनेबित्तिकै कांग्रेसका सांसदहरूले अवराेध गरेपछि सभामुख घिमिरेले १५ मिनेटपछि बस्ने गरी संसद बैठक स्थगित गरेका हुन्।

Hardik ivf

कांग्रेस सचेतक सुशीला थिङले जबरजस्ती बैठक सञ्चालन गरे निम्तिने परिस्थितिकाे जिम्मेवार सत्तापक्ष हुनुपर्ने चेतावनी दिएपछि सभामुखले पटकपटक बैठक सुचारू गर्ने वातावरणा बनाउने काेसिर गरेका थिए। तर सम्भव नभएपिछ उनले बैठक स्थगित गरेका हुन्।  

सभामुखले रास्वपा सांसद मनीष झालाई समय दिएका थिए तर कांग्रेस सांसदहरु उभिइरहेपछि उनलाई राेकियाे ।

सत्तापक्षका सांसदहरू पनि केहीबेर उभिए। सत्तापक्षले हाउस प्रतिपक्षीको मात्रै होइन भनिरहँदा प्रतिपक्षीले सत्ताअनुसार सभामुख चलेको आरोपसमेत लगाए।

यसअघिको बैठकमा संसदीय छानविन समिति गठनका लागि ध्यानाकर्षण गराएर बैठक सञ्चालन भए पनि मंगलबार भने कांग्रेसले कार्यसूचीमा नै प्रवेश नगरि बैठक अवरोध गरेको हो ।

प्रकाशित मिति: १३:२० बजे, मंगलबार, चैत २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्