Kathmandu Press

कांग्रेसले गर्‍याे प्रतिनिधिसभा बैठक अवरुद्ध

सभामुख देवराज घिमिरेले कांग्रेस सचेतक सुशीला थिङलाई बोल्न समय दिए।
कांग्रेसले गर्‍याे प्रतिनिधिसभा बैठक अवरुद्ध
Hardik ivf

काठमाडौं, चैत २७ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको छ। बैठक सुरु हुनेबित्तिकै कांग्रेस सांसदहरू आ–आफ्नो स्थानमा उभिए।

सभामुख देवराज घिमिरेले कांग्रेस सचेतक सुशीला थिङलाई बोल्न समय दिए। उनले सहकारी अनियमिततामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग राखिन्। सरकार गैरजिम्मेवार रुपमा प्रस्तुत भएको बताउँदै उनले समिति नबनेसम्म कुनै पनि कामकारबाही अगाडि नबढाउन आग्रह गरिन्।

उनले कांग्रेस संसदीय दलको निर्णय नै पढेर सुनाइन्।

प्रकाशित मिति: १३:१७ बजे, मंगलबार, चैत २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्