बालुवाटारकाे बैठक निष्कर्षविहीन, सभामुखले थाले सचेतकहरूसँग छलफल
मंगलबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक अहिलेसम्म बस्न सकेको छैन।
काठमाडाैं, चैत २७ : प्रधानमन्त्री निवास बालुवाटारमा भएकाे सत्ता र प्रतिपक्षी दलको छलफल बिनानिष्कर्ष टुंगिएको छ। सदनको अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेको पहलमा बैठक बसेकाे थियाे।
मंगलबार बिहान बसेकाे बैठकमा सभामुख देवराज घिमिरे, सत्ता पक्षबाट प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', एमाले अध्यक्ष केपी ओली, उपप्धान तथा गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछाने, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र प्रमुख प्रतिपक्षी दल कांग्रेसबाट महामन्त्री गगन थापा र राष्ट्रियसभामा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौला सहभागी थिए।
सहकारी प्रकरणमा गृहमन्त्री लामिछाने जोडिएकाले निष्पक्ष छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने अडानबाट कांग्रेस पछि नहटेपछि र सत्तारूढ दलहरूले संसदीय समितिको आवश्यकता नरहेको जिकिर नछाडेपछि बैठक निष्कर्षविहीन बनेकाे बताइएकाे छ।
बालुवाटारमा सहमति नजुटेपछि सभामुख घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल थालेको बताइएकाे छ।मंगलबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक अहिलेसम्म बस्न सकेको छैन। कांग्रेसले यसअघिको प्रतिनिधि सभा बैठकमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने अल्टिमेटम दिएको थियो।










![सुकुम्बासी र भूमिहीनहरू सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_5989ea30-1782555720.jpeg)

