भारतको नैनीतालमा गाडी दुर्घटना, सात नेपालीको मृत्यु
प्रेस ट्रष्ट अफ इन्डिया (पिटिआई)ले जनाए अनुसार, सोमबार राति नैनितालको बेतालघाट नजिकै गाडी सडकबाट १५० मिटर तल खसेको हो।
काठमाडौं, चैत २७ : भारतको उत्तराखण्डस्थित नैनिताल जिल्लामा गाडी दुर्घटना हुँदा ७ जना नेपालीसहित ८ जनाको मृत्यु भएको छ।
प्रेस ट्रष्ट अफ इन्डिया (पिटिआई)ले जनाए अनुसार, सोमबार राति नैनितालको बेतालघाट नजिकै गाडी सडकबाट १५० मिटर तल खसेको हो।
दुर्घटना भएको खबर प्राप्त भएपछि स्टेट डिजास्टर रेस्पोन्स टिम (एसडिआरएफ) को टोली घटनास्थलमा पुगेर उद्धारकार्यमा सक्रिय भएको थियो।
उध्दार टोली र स्थानीयले मिलेर घटनास्थलबाट आठ जनाको शव निकालेका थिए। मृतक सात जना महेन्द्रनगरका रहेको समाचारमा उल्लेख गरेको छ।
मृतक नेपालीहरूमा ५० वर्षीय विश्राम चौधरी, ४५ वर्षीय धिरज, ४० वर्षीय अनन्तराम चौधरी, ३८ वर्षीय विनोद चौधरी, ५५ वर्षीय उदयराम चौधरी, ४५ वर्षीय तिलक चौधरी र ६० वर्षीय गोपाल बस्नेत छन्।
प्रकाशित मिति: १२:३७ बजे, मंगलबार, चैत २७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![सुकुम्बासी र भूमिहीनहरू सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_5989ea30-1782555720.jpeg)

