कांग्रेसकी पुडासैनी र एमालेकी विमला घिमिरेले राष्ट्रिय सभा उपाध्यक्षका लागि गराए मनोनयन दर्ता
घिमिरेको प्रस्तावकमा भगवती न्यौपाने र समर्थकमा गोपीबहादुर सार्की छन्। त्यस्तै पुडासैनीको प्रस्तावकमा दुर्गा गुरुङ र समर्थकमा नारायणदत्त भट्ट छन्।
काठमाडौं, चैत २७ : नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनी र नेकपा एमालेकी विमला घिमिरेले राष्ट्रिय सभा उपाध्यक्ष पदमा मनोनयन दर्ता गराएका छन्।
मंगलबार संसद् भवन नयाँ बानेश्वरमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्। घिमिरेको प्रस्तावकमा भगवती न्यौपाने र समर्थकमा गोपीबहादुर सार्की छन्। त्यस्तै पुडासैनीको प्रस्तावकमा दुर्गा गुरुङ र समर्थकमा नारायणदत्त भट्ट छन्।
सत्ता गठबन्धनकी साझा उम्मेदवार घिमिरेले आफू निर्वाचित भए राष्ट्रिय सभा अध्यक्षसँग सल्लाह गरेर विधेयक अघि बढाउने लगायतका काममा प्रभावकारी भूमिका खेल्ने बताइन्।
यसैगरी कांग्रेस उम्मेदवार पुडासैनीले आफूले नै चुनाव जित्नेमा ढुक्क रहेकाे बताउँदै जिम्मेवारी पाएपछि राष्ट्रिय सभाको गरिमालाई अझ उचो बनाउन भूमिका निर्वाह गर्ने बताइन्।
राष्ट्रिय सभा उपाध्यक्षका लागि निर्वाचन भने भाेलि हुनेछ।
प्रकाशित मिति: १२:३२ बजे, मंगलबार, चैत २७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![सुकुम्बासी र भूमिहीनहरू सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_5989ea30-1782555720.jpeg)

