Kathmandu Press

सहकारी ठगी प्रकरणमा गृहमन्त्रीमाथि छानविन गर्न संसदीय समिति नबने संसद चल्दैन : कांग्रेस

मंगलबार बसेको संसदीय दलको बैठकले सहकारीको रकम अपचलनमा गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न संसदीय समिति नबनाए संसद चल्न नदिने निर्णय गरेको छ।
सहकारी ठगी प्रकरणमा गृहमन्त्रीमाथि छानविन गर्न संसदीय समिति नबने संसद चल्दैन : कांग्रेस

काठमाडौं, चैन २७ : नेपाली कांग्रेसले सहकारीको रकम अपचलनमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न संसदीय समिति बनाउनु पर्ने आफ्नो अडान दोहोर्याएको छ।

मंगलबार बसेको संसदीय दलको बैठकले सहकारीको रकम अपचलनमा गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न संसदीय समिति नबनाए संसद चल्न नदिने निर्णय गरेको छ।

Hardik ivf

बैठकले तत्काल नेपाली कांग्रेसको माग बमोजिम संसदीय छानबिन समिति गठन गर्न सरकारसँग माग गर्ने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

आफ्ना मागबारे सरकार गम्भीर नभए त्यसबाट उत्पन्न हुने परिणामप्रति सरकार नै जिम्मेवार हुने उनले बताए।

‘उपप्रधानमन्त्री एवम् गृहमन्त्री माननीय रवि लामिछाने जी सहकारीको रकम अपचलन गर्ने काममा संलग्न भएको कुरालाई हामीले उठाइरहेका छौं। त्यसको निष्पक्ष, स्वतन्त्र र विश्वसनीय अनुसन्धानका निमित्त संसदीय समिति गठन गर्ने माग हामीले गरिराखेका छौं,’ प्रमुख सचेतक लेखकले भने, ‘आजको संसदीय दलले नेपाली कांग्रेसले उठाउँदै आएको काम उचित छ भन्ने ठहर गरेको छ, सर्वसम्मतीले।’

प्रकाशित मिति: ११:३८ बजे, मंगलबार, चैत २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्