Kathmandu Press

कर्णालीको मुख्यमन्त्रीमा यामलाल कँडेलले दाबी पेश गर्दै

सत्ता गठबन्धनबाट एमाले संसदीय दलका नेता यामलाल कँडेलले माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्रीका लागि दाबी पेश गर्दैछन्। पहिले नै कँडेललाई मुख्यमन्त्री बनाउन गठबन्धनमा सहमति भइसकेको छ।
कर्णालीको मुख्यमन्त्रीमा यामलाल कँडेलले दाबी पेश गर्दै

काठमाडौं, चैत २७ : कर्णाली प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि दिएको म्याद मंगलबार सकिँदैछ।

सत्ता गठबन्धनबाट एमाले संसदीय दलका नेता यामलाल कँडेलले माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्रीका लागि दाबी पेश गर्दैछन्। पहिले नै कँडेललाई मुख्यमन्त्री बनाउन गठबन्धनमा सहमति भइसकेको छ।

Hardik ivf

तत्कालीन मुख्यमन्त्री राजकुमार शर्माले चैत २१ गते राजीनामा दिएपछि प्रदेश प्रमुख तिलक परियारले दुई वा दुईभन्दा बढी दलको समर्थनमा मंगलबार साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए।

४० सदस्यीय प्रदेश सभामा नयाँ सरकार गठनका लागि २१ जना प्रदेश सभा सदस्यको समर्थन चाहिन्छ । प्रदेशसभामा सत्ता गठबन्धनका दल एमालेका १०, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका १ सांसद छन्।

प्रकाशित मिति: १०:२३ बजे, मंगलबार, चैत २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्