Kathmandu Press

प्रतिनिधिसभाको बैठक बस्दै, के छ कार्यसूचीमा ? 

बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौँ वार्षिक प्रतिवेदन २०८० पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 
प्रतिनिधिसभाको बैठक बस्दै, के छ कार्यसूचीमा ? 

काठमाडौं, चैत २७ : प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।

बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौँ वार्षिक प्रतिवेदन २०८० पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

Hardik ivf

त्यस्तै, उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । यद्यपि गृहमन्त्री लामिछानेमाथि लागेको सहकारीको रकम अपचलनको आरोपका सम्बन्धमा संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उनलाई रोष्टममा जान नदिने अडान कायम राखेको छ ।

आजको बैठकमा उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको स्थापनासँग सम्बन्धित सम्झौताको प्रावधानमाथि सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राष्ट्रिय सभामा उत्पति भएको विद्युतीय व्यापार विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

संसद्मा कांग्रेसको अवरोध हटाउन सोमबार सभामुख देवराज घिमिरेले संसद्का चार ठूला दलका नेताहरूसँग छलफल गरेका थिए । तर बैठक निष्कर्षविहीन बनेको थियो । 
 
प्रकाशित मिति: ०७:३१ बजे, मंगलबार, चैत २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्