रञ्जिताले धनश्यामलाई हटाउँदै कैलाश चौधरीलाई बनाइन् नाउप सुदूरपश्चिम संसदीय दलकाे नेता
सोमबार साँझ सभामुख भीमबहादुर भण्डारीलाई पत्र लेख्दै रञ्जिताले घनश्यामलाई संसदीय दलको नेताबाट हटाएकी हुन्। रञ्जिताले धनश्यामको स्थानमा कैलाश चौधरीलाई संसदीय दलको नेता बनाएकी छिन्।
काठमाडौं, चैत २६ : नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले घनश्याम चौधरीलाई सुदूरपश्चिम प्रदेश संसदीय दलका नेताबाट हटाएकी छिन्।
सोमबार साँझ सभामुख भीमबहादुर भण्डारीलाई पत्र लेख्दै रञ्जिताले घनश्यामलाई संसदीय दलको नेताबाट हटाएकी हुन्। रञ्जिताले धनश्यामको स्थानमा कैलाश चौधरीलाई संसदीय दलको नेता बनाएकी छिन्।
‘प्रदेश सभा सदस्य घनश्याम चौधरीलाई दलको नेताको रूपमा दैनिक सभा सञ्चालनका लागि सहमति भएकोमा निजले दलको निर्देशन पालन नगरेका कारण परिवर्तन गर्ने निर्णय गरिएको छ,’ रञ्जिताले सभामुखलाई लेखेको पत्रमा भनिएको छ।
‘दलको विधान तयार नभएका कारण हाललाई दलको केन्द्रीय बैठकको निर्णयअनुसार कैलाश चौधरीलाई संसदीय दलको नेताको हैसियतमा काम गर्ने गरेको पत्रमा उल्लेख गरेकी छिन्।
प्रकाशित मिति: २१:२५ बजे, सोमबार, चैत २६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![सुकुम्बासी र भूमिहीनहरू सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_5989ea30-1782555720.jpeg)