Kathmandu Press

ललितपुरमा एक्लो घोडा दौडाएर घोडे जात्रा मनाइयाे

ललितपुरमा हरेक बर्ष एउटा घोडा दौडाएर घोडे जात्रा मनाईदैँ आएको छ। ललितपुरको भीमसेनस्थानमा नेपाली सेनाको क्याभलरीबाट एउटा घोडा पुर्‍याइन्छ।
ललितपुरमा एक्लो घोडा दौडाएर घोडे जात्रा मनाइयाे

ललितपुर, चैत २६ : ललितपुरमा एक्लो घोडा दौडाएर सोमबार घोडे जात्रा मनाइएको छ।

ललितपुरमा हरेक बर्ष एउटा घोडा दौडाएर घोडे जात्रा मनाईदैँ आएको छ। ललितपुरको भीमसेनस्थानमा नेपाली सेनाको क्याभलरीबाट एउटा घोडा पुर्‍याइन्छ।

Hardik ivf

भीमसेन गुठीका सम्पूर्ण गुठियारले आवश्यक परम्परागत विधिपूर्वक पूजा गरी आजुहरूले चुनेका गुठियारमध्ये कुनै पनि व्यक्तिलाई घोडा चढाउनुका साथै घोडा चढ्नेलाई सम्मानस्वरूप भीमसेनस्थानबाट ल्याएको फूलमाला पहि¥याइ, टीका पूजा गरिन्छ।

त्यस स्थानदेखि एकल घोडेजात्रा सुरु हुन्छ। पाटनको मूलचोकबाट सुरु भई बिभिन्न स्थान हुदै बालकुमारी परिक्रमा गरी फेरि भोल गणेश हुँदै बालकुमारीमै घोडायात्रा फर्किन्छ।

नगर परिक्रमापछि घोडचढीलाई गुठी संस्थानका प्रमुखले पान, सुपारी र दक्षिणा दिई विदावारी गरेपछि ललितपुरको एकल घोडजात्रा सम्पन्न हुन्छ। 

प्रकाशित मिति: १७:२७ बजे, सोमबार, चैत २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्