Kathmandu Press

घोडे जात्रा : सेनाद्वारा घोडाका विभिन्न कलाकौशल प्रदर्शन

परापूर्व कालदेखि उपत्यकाको मानव वस्तीमा राक्षसले बालबालिका खाइदिने तथा विभिन्न दुःख दिने गरेको र उक्त राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको किंवदन्तीका आधारमा घोडजात्रा मनाइएको पाइन्छ।
घोडे जात्रा : सेनाद्वारा घोडाका विभिन्न कलाकौशल प्रदर्शन

काठमाडाैं, चैत २६ : चैत कृष्ण औंसीको अवसरमा सोमबार काठमाडौं उपत्यकामा घोडे जात्रा मनाइएको छ। काठमाडौं उपत्यकामा प्रचलित मध्येको यो जात्रा प्राचीन जात्रा मानिन्छ।परापूर्व कालदेखि उपत्यकाको मानव वस्तीमा राक्षसले बालबालिका खाइदिने तथा विभिन्न दुःख दिने गरेको र उक्त राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको किंवदन्तीका आधारमा घोडजात्रा मनाइएको पाइन्छ। त्यहीँ जनविश्वास र सस्कृतिलाई निरन्तरता दिदै काठमाडौँको टुडिखेलमा नेपाली सेनाले घोडेजात्रा समारोहको आयोजना गरेको थियो।

Ghodejatra---frame-at-0m42s-1712577297.jpg

घोडेजात्रामा नेपाली सेनाले घोडाका विभिन्न कला कौशलहरु प्रदर्शन गरेको थियो।  नेपाली सेनाले आयोजना गरेको घोडे जात्रा कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड लगाएतका उच्च पदस्थ व्यक्तिहरुको सहभागीता रहेको थियो। घोडेजात्रामा सैनिकहरुले विभिन्न व्याण्डद्धारा धुनहरु प्रस्तुत गरेका थिए।  कार्यक्रमको सुरुमै घोडाहरुद्वारा शो जम्प प्रस्तुत गरेको थियो। यो प्रस्तुततीमा घोडाहरुले विभिन्न पर्खालहरु नाघेका थिए। साहाशिक सेनाहरुले घोडाको चालको गतिमा विभिन्न पर्खालहरु उफ्रेर अगाडि बढेका थिए।

Hardik ivf

Ghodejatra---frame-at-8m32s-1712577296.jpg

यस्तै क्रस टेण्ड पेगिङ अन्तरगतको प्रस्तुतीमा सैनिकहरुले घोडाको सहायता दिँदै शत्रुका टेण्ड भत्काउने शैली प्रस्तुत गरेका थिए। यस्तै तालिम प्राप्त कुकुरहरुको प्रस्तुति निकै रोचक देखिएको थियो। घोडाजात्रामा प्रस्तुत गरिएका प्रतिष्प्रधामा विजयी सेनाहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार प्रदान गरेका थिए।यात्राका लागि लागि निकै महत्वपूर्ण मानिएको घोडाको आधुनिक सवारी साधनको प्रयोग सँगै यसको महत्व घट्दै गएको छ। घोडा अन्य जनावर भन्दा दगुर्न सक्ने शक्तिशाली भएकाले पहिले युद्धको समयमा घोडालाई विशेष रुपमा प्रयोग गर्ने गरिन्थ्यो।

Ghodejatra---frame-at-5m3s-1712577297.jpg

Ghodejatra---frame-at-0m0s-1712577296.jpg

Ghodejatra---frame-at-0m59s-1712577295.jpg

Ghodejatra---frame-at-9m0s-1712577295.jpg

प्रकाशित मिति: १७:३१ बजे, सोमबार, चैत २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्