Kathmandu Press

गुगलले सूर्य ग्रहणलाई विशेष ‘एनिमेसन’सहित देखाउने

यस दृश्यलाई गुगलले विशेष एनिमेसन मार्फत देखाउने छ। प्रयोगकर्ताहरूले गुगलमा ‘सूर्य ग्रहण’ टाइप गरी सूर्य ग्रहणलाई ग्राफिक दृष्यमा देख्न सकिनेछ। 
गुगलले सूर्य ग्रहणलाई विशेष ‘एनिमेसन’सहित देखाउने

नयाँदिल्ली, चैत २८ :  आज चन्द्रमा सूर्य र पृथ्वीको बीचबाट जाँदा सूर्यको प्रकाश पूर्ण रूपमा अवरुद्ध हुने हुँदा सूर्य ग्रहण लाग्नेछ। 

यस दृश्यलाई गुगलले विशेष एनिमेसन मार्फत देखाउने छ। प्रयोगकर्ताहरूले गुगलमा ‘सूर्य ग्रहण’ टाइप गरी सूर्य ग्रहणलाई ग्राफिक दृष्यमा देख्न सकिनेछ। 

सूर्य चार मिनेटको लागि ढाकिने र यसको बाहिरी तहमा उज्यालो रहने सूर्यग्रहण नेपाल, भारत लगायतका एशियाली मुलुकहरूबाट देख्न सकिने छैन तर कोलम्बिया, स्पेन, भेनेजुएला, आयरल्याण्ड, पोर्टल, आइसल्याण्ड, बेलायत र केही क्यारेबियाली देशहरूबाट खण्डग्रास ९आंशिक० ग्रहण देखिनेछ। 

अमेरिकी अन्तरिक्ष निकाय (नासा) ले सूर्यग्रहणसम्बन्धी आफ्नो प्रत्यक्ष प्रशारण गर्ने र ५ बजे सुरु हुने उक्त प्रशारण करिब तीन घण्टा जारी रहने बताएको छ। 

प्रकाशित मिति: १६:५१ बजे, सोमबार, चैत २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्