Kathmandu Press

कोरोना विशेष अस्पतालमा उपचाररत ३० वर्षीय युवकको मृत्यु 

काठमाडौं, चैत ११ : भरतपुरस्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक जनाको मृत्यु भएको छ। तर उनी कोरोना भाइरसका कारण बिरामी भए नभएको भने एकिन भै सकेको छैन....

कोरोना विशेष अस्पतालमा उपचाररत ३० वर्षीय युवकको मृत्यु 

काठमाडौं, चैत ११ : भरतपुरस्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक जनाको मृत्यु भएको छ। तर उनी कोरोना भाइरसका कारण बिरामी भए नभएको भने एकिन भै सकेको छैन।

भरतपुर मेडिकल अस्पतालमा उपचार गराइरहेका उनलाई केही दिन अघि मात्रै कोरोना विशेष अस्पतालमा लगिएको थियो। वीरगञ्जका ३० वर्षीय युवालाई ज्वरो र रुघाखोकीको समस्या देखिएपछि मेडिकल कलेजले कोरोना विशेष अस्पताल रेफर गरेको थियो।

चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार उनी डेढ/दुई वर्ष अघिदेखि नै बिरामी हुन्।

उनको स्वावको नमुना परीक्षणका लागि पठाइएको छ। उनलाई कोरोना संक्रमण भएको हो होइन भन्नेबारे रिपोर्ट आउन बाँकी रहेको शर्माले जानकारी दिए।

प्रकाशित मिति: १२:५७ बजे, मंगलबार, चैत ११, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्