एमाले ललितपुरको अध्यक्षमा पुरुषोत्तम आचार्य
जिल्ला नेतृत्व चयनका लागि आज भएको निर्वाचनमा आचार्यले २२९ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएका हुन्।
ललितपुर, चैत २६ : एमाले जिल्ला कमिटी ललितपुरको अध्यक्षमा पुरुषोत्तम आचार्य निर्वाचित भएका छन्।
जिल्ला नेतृत्व चयनका लागि आज भएको निर्वाचनमा आचार्यले २२९ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएका हुन्।
अध्यक्षका अन्य तीन जना प्रत्यासीहरु चेतनाथ सञ्जेलले १५४ मत, दिनेश कार्कीले ८१ मत र सुवर्ण श्रेष्ठले ९ मत प्राप्त गरेका छन्। यही चैत २३ देखि सुरु भएको नवौँ जिल्ला अधिवेशनमा नेतृत्व चयनमा सहमति नभएपछि आज निर्वाचन भएको हो।
त्यस्तै पदाधिकारीतर्फ उपाध्यक्षमा मञ्जली शाक्य, सचिवमा राम राउत, उपसचिवमा प्रभाकर थापा र आशा राई निर्वाचित भएका छन्।
उपाध्यक्षमा शाक्यले १७३ मत प्राप्त गरेका थिए। शाक्यका निकटतम् प्रतिद्वन्द्वी हरिगोविन्द श्रेष्ठले ११५ मत प्राप्त गरे। कुल ४७८ मतदातामध्ये ४७३ मत खसेको निर्वाचन समितिले जनाएको छ।
प्रकाशित मिति: १६:५५ बजे, सोमबार, चैत २६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![सुकुम्बासी र भूमिहीनहरू सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_5989ea30-1782555720.jpeg)

