नाउपाकी सुदूरपश्चिम प्रदेशसभा सदस्य इन्दिरा गिरी पदमुक्त
नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले फिर्ता बोलाउन पत्र पठाएपछि सभामुख भीमबहादुर भण्डारीले सूचना निकालेर गिरीलाई पदमुक्त गरेका हुन्।
काठमाडौं, चैत २६ : नागरिक उन्मुक्ति पार्टी (नाउपा) की सुदूरपश्चिम प्रदेशसभा सदस्य इन्दिरा गिरी पदमुक्त भएकी छन्। नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले फिर्ता बोलाउन पत्र पठाएपछि सभामुख भीमबहादुर भण्डारीले सूचना निकालेर गिरीलाई पदमुक्त गरेका हुन्।
सभामुख भण्डारीले सोमबार निकालेकाे सूचनामा भनिएको छ, 'प्रदेशसभा सदस्य माननीय इन्दिरा गिरीलाई फिर्ता बोलाइएको भनी सुदूरपश्चिम प्रदेशसभाको सचिवलयमा पेश भएकाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३५ बमोजिम सूचना प्रकाशित गर्न सभामुखले निर्देशन भएको हुँदा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।’
गिरी समानुपातिक सांसद हुन्। कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नेतृत्वको सरकारमा उनी कृषि राज्यमन्त्री थिइन्।
सरकारमा सहभागीहुने कि नहुने विषयमा नाउपामा आन्तरिक विवाद छ। संरक्षक रेमश चौधरी र अध्यक्ष रञ्जिता पतिपत्नी भए पनि एकी नदीका दुइ किनारझैं भएका छन्। रञ्जिता एमाले–माओवादी गठबन्धनको पक्षमा र रेशम विपक्षमा छन्।
रेशमको चाहनामा गिरीसहित नाउपाका पाँच सांसद शाह सरकारमा मन्त्री थिए। अध्यक्ष रञ्जिताले सरकारबाट फिर्ता हुन निर्देशन दिइन्।










![सुकुम्बासी र भूमिहीनहरू सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_5989ea30-1782555720.jpeg)

