कोसी प्रदेश सरकारबाट बाहिरिने माओवादी केन्द्रको निर्णय
माओवादी संसदीय दलको बसेको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो। सरकारबाट बाहिरिने निर्णयसँगै माओवादी केन्द्रका मन्त्रीहरूले पनि राजीनामा दिएका छन्।
विराटनगर, चैत २६ : कोसी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्रले बाहिरिने निर्णय लिएको छ।
माओवादी संसदीय दलको बसेको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो। सरकारबाट बाहिरिने निर्णयसँगै माओवादी केन्द्रका मन्त्रीहरूले पनि राजीनामा दिएका छन्।
एमालेले पनि समर्थन फिर्ता लिने तयारी गरेको छ। एमाले र माओवादी केन्द्रले नयाँ गठवन्धन सरकार गठन प्रक्रियाको तयारी समेत थालेका छन्। नेकपा एमालेको समेत समर्थन लिएर कांग्रेसका नेता केदार कार्की मुख्यमन्त्री बनेका थिए।
अहिले प्रदेश सभाको विशेष अधिवशन आव्हान गर्न समावेदन दिने तयारी भइरहेको छ।
प्रकाशित मिति: १५:४७ बजे, सोमबार, चैत २६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![सुकुम्बासी र भूमिहीनहरू सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_5989ea30-1782555720.jpeg)