Kathmandu Press

शान्तिपूर्ण प्रदर्शनमा राज्यकाे हस्तक्षेपले नागरिक अधिकारको उलंघन : राजेन्द्र महतो

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय मुक्ति क्रान्तिले एकल राष्ट्रिय सत्ताको विरुद्ध बहुलराष्ट्रिय राज्य निर्माण गर्नका लागि शान्तिपूर्ण आन्दोलन गर्दा राज्यले हस्तक्षेप गरि धरपकड गर्ने काम गरेको भन्दै आक्रोश व्यक्त गरेको हो।
शान्तिपूर्ण प्रदर्शनमा राज्यकाे हस्तक्षेपले नागरिक अधिकारको उलंघन : राजेन्द्र महतो

काठमाडाैं, चैत २६ : राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले आफूहरुको शान्तिपूर्ण मागहरुलाई राज्यले वेवास्ता गरी धरपकड गर्ने काम गरेको भन्दै आक्रोश व्यक्त गरेको छ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय मुक्ति क्रान्तिले एकल राष्ट्रिय सत्ताको विरुद्ध बहुलराष्ट्रिय राज्य निर्माण गर्न शान्तिपूर्ण आन्दोलन गर्दा राज्यले हस्तक्षेप गरि धरपकड गर्ने काम गरेको भन्दै आक्रोश व्यक्त गरेको हो।

Hardik ivf

शान्तिपूर्ण आन्दोलनका क्रममा आफ्ना १२ जनालाई पक्राउ गरेको र ४४ जनालाई घाइते भएको राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले दावी गरे।

आफूहरुको प्रदर्शनमा राज्यले हस्तक्षेप गरेर लोकतन्त्रमा शान्तिपूर्ण सभा सम्मेलन गर्न पाउने अधिकारको उलंघनका मात्रै नभई राज्यको वर्वरता भएको उनले बताए। महतोले सरकारको कदमले लोकतान्त्रिक गणतन्त्रको नाममा रहेको गोर्खाली एकल राष्ट्रिय सत्ता उदाङ्गो बनेको टिप्पणी गरे।

उनले नेपाललाई एकल राष्ट्रिय राज्यबाट बहुलराष्ट्रिय राज्य स्थापनार्थ संघर्षरत रहेको भन्दै पक्राउ परेकाहरुलाई तुरुन्त रिहाइ तथा घाइतेको यथाशीघ्र उपचार व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए। शान्तिपूर्ण मागलाई वेवास्ता गरे थप शसक्त आन्दोलनको कार्यक्रम गर्ने उनले चेतावनी दिए।

प्रकाशित मिति: १५:३८ बजे, सोमबार, चैत २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्