Kathmandu Press

सभामुखले बोलाएको सत्तापक्ष र प्रमुख प्रतिपक्षकाे बैठक बिनानिष्कर्ष टुंगियो

सभामुखको कक्षमा भएकाे छलफलमा सत्तापक्षले संसदीय समिति बनाउनुपर्ने र प्रतिपक्षले बनाउन नहुने अडान राखेका हुन्। 
सभामुखले बोलाएको सत्तापक्ष र प्रमुख प्रतिपक्षकाे बैठक बिनानिष्कर्ष टुंगियो

काठमाडौं, चैत २६ : सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउने विषयमा सत्तापक्ष र प्रमुख प्रतिपक्षले आफ्नो अडान कायमै राखेका छन्।

संसदको गतिरोध फुकाउने विषयमा सभामुख देवराज घिमिरे र चार दलका शीर्ष नेताबीच सिंहदरबारमा भएकाे छलफलमा सत्तापक्ष र प्रमुख प्रतिपक्षले आफ्नो अडानबाट पछि नहटेका हुन्। सभामुखको कक्षमा भएकाे छलफलमा सत्तापक्षले संसदीय समिति बनाउनुपर्ने र प्रतिपक्षले बनाउन नहुने अडान राखेका हुन्। कांग्रेसको सकारात्मक जवाफ नआएपछि छलफल निष्कर्षविहीन बनेकाे बताइएकाे छ।

Hardik ivf

छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, एमालेका प्रमुख सचेतक महेश बर्तौला, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक तथा रास्वापाका प्रमुख सचेतक सन्तोष परियार सहभागी छन्।

प्रमुख दल कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको समेत सहभागिता भएको भन्दै संसदमा संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ। सोही विषयमा सभामुखले दलका नेताहरूसँग छलफल थालेको जनाइएको छ। भाेलि प्रतिनिधिसभाकाे बैठक बस्दैछ।
 

प्रकाशित मिति: १५:३७ बजे, सोमबार, चैत २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्