Kathmandu Press

बजेट तारे होटलमा खर्च गर्ने होइन ग्रासरुटमा पुग्नुपर्छ : मन्त्री चौधरी

आर्थिक वर्ष २०८१/८२ को बजेट निर्माण गर्दा विगतको परम्परागत शैलीभन्दा फरक र प्रभावकारी हुनुपर्ने भन्दै मन्त्री चौधरीले मन्त्रालयको बजेट बढाउन आफू लागि परेको बताउँदै महिला, बालबालिका र ज्येष्ठ नागरिक, अपाङ्गताका क्षेत्रमा स्थानीय तहसम्मै पुग्नेगरी कार्यक्रम तयार गर्न निर्देशन दिइन्।
बजेट तारे होटलमा खर्च गर्ने होइन ग्रासरुटमा पुग्नुपर्छ : मन्त्री चौधरी

काठमाडौं, चैत २६ : महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चौधरीले जनस्तरमा पुग्नेगरी बजेट बनाउनुपर्ने बताएकी छन्। महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता, लैङ्गिक अल्पसंख्यकका सवालमा ग्रासरुटमै कार्यक्रम पुग्नेगरी बजेट निर्माण गर्न मन्त्रालय मातहतका महाशाखाहरुलाई निर्देशन दिइन्। 

आर्थिक वर्ष २०८१/८२ को बजेट निर्माण गर्दा विगतको परम्परागत शैलीभन्दा फरक र प्रभावकारी हुनुपर्ने भन्दै मन्त्री चौधरीले मन्त्रालयको बजेट बढाउन आफू लागि परेको बताउँदै महिला, बालबालिका र ज्येष्ठ नागरिक, अपाङ्गताका क्षेत्रमा स्थानीय तहसम्मै पुग्नेगरी कार्यक्रम तयार गर्न निर्देशन दिइन्।

Hardik ivf

मन्त्रालयमा आयोजित प्रि बजेट छलफलमा बोल्दै चौधरीले मन्त्रालयका सबै शाखा प्रमुखलाई बोलाएर जनताको घरदैलोमा पुग्ने बजेट तयार पार्नुपर्ने बताइन।  ‘बजेट भनेको जनताको घरदैलोसम्म पुग्ने हुनुपर्छ। गोष्ठी, सेमिनार जस्ता तारे होटलमा खर्च गर्ने कार्यक्रम नबनाउनुस। दुरदराजमा रहेका जनताले प्रत्यक्ष अनुभव गर्ने बजेट आउनुपर्छ।’ मन्त्रालयको बजेट सिलिङ बढाउन आफूले पहल गरिरहेको भन्दै चौधरीले कर्मचारीहरुले जनताको भावना बुझेर प्रभावकारी काम गर्नुपर्नेमा जोड दिइन्। 

महिलाहरुलाई समुन्नत बनाउन आफुले छोरी आत्मनिर्भर कार्यक्रम ल्याउने तयारी गरेको र त्यसमा अर्थमन्त्री र प्रधानमन्त्रीले समेत चासो राखेको जनाउँदै देशका ७५३ वटै पालिकामा महिला मन्त्रालय पुग्ने जिकीर गरिन। एकअर्ब ५३ करोडको बजेटले सबै क्षेत्रमा काम गर्न नसकिने भएकोले नयाँ कार्यक्रम तयार पारेको भन्दै मन्त्री चौधरीले महिलाको हक–अधिकार संरक्षण र समतामूलक समाजको निर्माणका लागि विभिन्न कानुनी एवम् नीतिगत प्रयास भैरहेको पनि बताइन्।

राज्यले न्यायमा महिलाको पहुँच हुन नसक्नुका कारणहरूलाई उजागर गर्दै आवश्यक कानुनी तथा संरचनागत प्रयास गरिएको भन्दै मन्त्री चौधरीले जनताले फरकपन महसुश गर्ने गरि बजेट बनाउन सबै विभागीय प्रमुखलाई निर्देशन दिइन्। उनले जनताबाट आएका सल्लाह सुझाव, सांसद तथा मन्त्रीहरुबाट आएका योजनाहरुलाई प्राथमिकीकरण गरी बजेट तर्जुमा गर्न निर्देशन दिइन्।
 
प्रकाशित मिति: १५:०८ बजे, सोमबार, चैत २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्