बोडेमा धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला (तस्बिरहरू)
सोमबार बोडेको लायकुमा धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला आयोजना गरिएको हो।
भक्तपुर, चैत २६ : भक्तपुरको मध्यपुर थिमिस्थित प्राचीन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला आयोजना गरिएको छ।

सोमबार बोडेको लायकुमा धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला आयोजना गरिएको हो। मध्यपुर थिमि नगरपालिकाको आयोजना तथा लाकुछेँ धिमे गुठी र खपला धिमे गुठीको संयोजनमा धिमे बाजा प्रतियोगिता आयोजना गरिएको आयोजक समितिको संयोजक दिलकृष्ण प्रजापतिले जानकारी दिए।

सांस्कृतिक मेलाबाट धिमे बाजाको मधुर धुनले मध्यपुर थिमीको ऐतिहासिकताको झल्को दिएको आयोजकको बिश्वास छ। त्यस्तै सांस्कृतिक मेलामा मध्यपुरको रैथाने उत्पादनहरु तथा मौलिक खानेकुराको बिभिन्न स्टलहरु राखिएको प्रजापतिले जानकारी दिए। भक्तपुरमा ऐतिहासिक विस्केट जात्राको पूर्वसन्ध्यामा धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला आयोजना गरिएको हो। विस्केट जात्रा भने मंगलबारबाट सुरु हुँदैछ।























![सुकुम्बासी र भूमिहीनहरू सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_5989ea30-1782555720.jpeg)

