गण्डकीका मुख्यमन्त्री नियुक्तिविरूद्ध कांग्रेस सर्वोच्च जाने
साेमबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले त्यस्ताे निर्णय गरेको हो।
काठमाडौं, चैत २६ : गण्डकी प्रदेशका मुख्यमन्त्री नियुक्ति कानुनविपरीत रहेकाे निष्कर्ष निकाल्दै कांग्रेस सर्वोच्च अदालत जाने भएको छ।
साेमबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले त्यस्ताे निर्णय गरेको हो।
एमाले संसदीय दलका नेता खगराज अधिकारी आइतबार मुख्यमन्त्री नियुक्त गरेका थिए। प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार उनलाई नियुिक्त दिएका थिए।
सरकार गठनका लागि बहुमत पुर्याउन अधिकारीले नेकपा माओवादी केन्द्रबाट सभामुख बनेका कृष्ण धितालकाे नाम समेत जोडेका थिए। त्यसाे गर्नु असंवैधानिक भएको भन्दै कांग्रेसले सर्वोच्चकाे सर्वाेच्चकाे ढाेका ढक्ढक्याउने भएकाे हाे।
प्रकाशित मिति: १३:३८ बजे, सोमबार, चैत २६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![सुकुम्बासी र भूमिहीनहरू सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_5989ea30-1782555720.jpeg)

