Kathmandu Press

तनाव कम नभएपछि सुनसरीका दुई गाउँपालिकामा कर्फ्यु अवधि बढाइयो 

शुक्रबार जारी गरिएको कर्फ्युलाई सोमबार पनि निरन्तरता दिइएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ।
तनाव कम नभएपछि सुनसरीका दुई गाउँपालिकामा कर्फ्यु अवधि बढाइयो 

काठमाडौं, चैत २६ : तनाव कम नभएपछि सुनसरीका दुई गाउँपालिकामा जारी अनिश्चितकालीन कर्फ्यु आदेश पुनः थपिएको छ। 

जिल्ला प्रशासन कार्यालय सुनसरीले हरिनगर गाउँपालिका क्षेत्र र देवानगन्ज गाउँपालिका क्षेत्रमा अर्को सूचना जारी नभएसम्मलाई कर्फ्यु निरन्तर रहने सूचना जारी गरेको हो। शुक्रबारदेखि जारी गरिएको कर्फ्युलाई सोमबार पनि निरन्तरता दिइएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ।

Hardik ivf

हिन्दु र मुस्लिम समुदाय झडपमा उत्रिएपछि  नियन्त्रणमा लिन शुक्रबारदेखि नै जिल्लाका विभिन्न स्थानमा कर्फ्यु जारी भएको थियो। कर्फ्यु आदेशमा सामाजिक, धार्मिक, राजनीतिक सभा, र्‍याली/भेला/प्रदर्शन गर्ने लगायतका कुनै पनि कार्यक्रम नगर्न/नगराउन भनिएको छ। 

प्रशासनले यसअघि इनरुवा नगरपालिका क्षेत्र, भोक्राहा नरसिंह गाउँपालिका क्षेत्र र कोशी गाउँपालिका क्षेत्रमा बिहान १० बजेसम्मका लागि कर्फ्यु जारी गरेको थियो। 

प्रकाशित मिति: १३:२८ बजे, सोमबार, चैत २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्