कांग्रेस संसदीय दल कार्यसमितिको बैठक भाेलि
बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बिहान ८ बजे बस्ने पार्टी कार्यालयले जनाएको छ।
काठमाडौं, चैत २६ : नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक भाेलि (चैत २७ गते मंगलबार) बस्ने भएको छ। शीर्ष तहका नेताको बैठकमा भाेलि संसदीय दलको बैठक बोलाउने निर्णय गरिएको बताइएकाे छ।
बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बिहान ८ बजे बस्ने पार्टी कार्यालयले जनाएको छ। बैठकमा संसद्को आगामी बैठकको तयारीका सम्बन्धमा छलफल हुने बताइएकाे छ। भाेलिका लागि नै प्रतिनिधि सभाको बैठक बोलाइएको छ।
बैठकमा बजेट अधिवेशनको तयारी, संसद्मा आएका विधेयक, संसद्को अहिलेको अवस्थाबारे पनि छलफल हुनेछ।सहकारीको रकम अपचलनकाे आरोप लागेका गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि कांग्रेसले संसदीय समितिको माग गर्दै आएको छ ।
प्रकाशित मिति: १३:०४ बजे, सोमबार, चैत २६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![सुकुम्बासी र भूमिहीनहरू सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_5989ea30-1782555720.jpeg)

