Kathmandu Press

गृहमन्त्री लामिछाने निर्दाेष नभएकै कारण छानबिनका लागि तयार नहुनुभएकाे हाे : प्रदीप पाैडेल

काठमाडौंमा साेमबार आयोजित एक कार्यक्रममा उनले रवि तयार नभए पनि  संसदीय छानबिन समिति गठन गर्नुपर्ने मागबाट कांग्रेस पछि नहेटेको स्पष्ट पारे।
गृहमन्त्री लामिछाने निर्दाेष नभएकै कारण छानबिनका लागि तयार नहुनुभएकाे हाे : प्रदीप पाैडेल

काठमाडौं, चैत २६ : कांग्रेस नेता प्रदीप पौडेलले गृहमन्त्री रवि लामिछाने निर्दाेष नभएकाे हुँदा नै छानबिनका लागि तयार नभएकाे बताएका छन्।

काठमाडौंमा साेमबार आयोजित एक कार्यक्रममा उनले रवि तयार नभए पनि  संसदीय छानबिन समिति गठन गर्नुपर्ने मागबाट कांग्रेस पछि नहेटेको स्पष्ट पारे।

Hardik ivf

‘छानबिनका लागि निर्दोष छु भन्नेहरु किन तयार नहुनुभएको त? दाेषाी नभए त झनै छानबिन गरेर निर्दोष साबित हुनु राम्रो हुन्छ,’ उनले भने।

सरकारको संयन्त्र विश्वसनीय नभएकै कारण यसअघिका प्रकरणहरूमा पनि संसदीय छानबिन समितिहरु बन्ने गरेको उनकाे भनाइ थियाे। 

सरकारले सुशासनका सबै मान्यतालाई अंगीकार गर्नुपर्ने भन्दै भ्रष्टाचार अन्त्य गर्न आजसम्म भएका अनियमितताको छानबिन अपरिहार्य रहेकाेमा उनले जाेड दिए।

प्रकाशित मिति: १२:५४ बजे, सोमबार, चैत २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्