Kathmandu Press

संसदीय छानविन समितिमा कांग्रेसको अडान कायमै

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सोमबार बिहान बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले सहकारी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठन गरिनुपर्ने अडानमा रहने निष्कर्ष निकालेको हो।
संसदीय छानविन समितिमा कांग्रेसको अडान कायमै

काठमाडौं, चैत २६ : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि निष्पक्ष छानबिनका लागि संसदीय समिति गठन गरिनुपर्ने आफ्नो अडानलाई कायमै राखेको छ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सोमबार बिहान बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले सहकारी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठन गरिनुपर्ने अडानमा रहने निष्कर्ष निकालेको हो।

Hardik ivf

बैठकमा संसदीय छानबिन समितिबाट नहट्ने निर्णय भएको प्रवक्ता डा. प्रकाशरण महतले जानकारी दिए। संसदीय छानबिन समिति गठन आफूहरुको पहिलादेखिकै बटमलाइन भएको बताउँदै उनले त्यसलाई कायमै राख्ने निर्णय भएको बताए।

यस्तै, महामन्त्री गगन थापाले संसदीय छानबिन समितिका विषयमा शीर्ष तहको बैठकमा सबै एकमत रहेको बताए।

‘संसदीय छानबिन समिति कस्तो बनाउने त्यसको क्षेत्राधिकार खुलेर छलफल गर्न हामी तयार नै छौं,’ महामन्त्री थापाले भने, ‘संसदीय छानबिन समिति बनाएर जाने सामान्य माग हो । सरकार यसमा संवेदनशील हुनुपर्छ भन्ने पोजिशन हाम्रो रहन्छ।’

कांग्रेसले माग गरिरहेको संसदीय छानबिन समितिका बारेमा छलफल गर्न सभामुख देवराज घिमिरेले दलका नेताहरूलाई २ः३० बजे बोलाएका छन्।कांग्रेसबाट सभापति शेरबहादुर देउवा र प्रमुख सचेतक रमेश लेखक उक्त बैठकमा सहभागी हुने छन्।

कांग्रेसले यसअघि बसेको प्रतिनिधि सभा बैठकमा आउँदो बैठकमा सरकारले संसदीय छानबिन समिति ल्याउनुपर्ने भन्दै 'अल्टिमेटम' दिएको थियो।

प्रकाशित मिति: ११:५९ बजे, सोमबार, चैत २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्