Kathmandu Press

आइपिएलमा मुम्बईको पहिलो जित

लागातार ३ खेल हारेको मुम्बईले पहिलो जित निकाल्ने क्रममा आइतबार भएको पहिलो खेलमा दिल्ली क्यापिटल्सलाई २९ रनले हरायो।
आइपिएलमा मुम्बईको पहिलो जित

काठमाडाैं, चैत २५ : मुम्बई इन्डियन्सले आईपीएलमा यो सिजन पहिलो जित निकालेको छ। लागातार ३ खेल हारेको मुम्बईले पहिलो जित निकाल्ने क्रममा आइतबार भएको पहिलो खेलमा दिल्ली क्यापिटल्सलाई २९ रनले हरायो।

मुम्बईले दिउको २३५ रनको विशाल लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ८ विकेट गुमाउँदै २०८ रन मात्र बनाउन सक्यो । उसका लागि ट्रिस्टन स्टब्सले २५ बलमा ३ चौका र ७ छक्कासहित सर्वाधिक ७१ रन बनाए।

Hardik ivf

यस्तै, पृथ्वी शले ४० बलमा ८ चौका र ३ छक्कासहित ६६ रन बनाउँदा अभिषेक पोरेलले ४१ रन बनाए। अन्यले भने गतिलो योगदान दिन सकेनन्।

मुम्बईका जेराल्ड कोट्जीले ४ ओभरमा ३४ रन खर्चेर ४ विकेट लिए। यस्तै, जस्प्रित बुमराहले २ र रोमारियो शेफर्डले १ विकेट लिए।

त्यसअघि घरेलु मैदान वानखेडेमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मुम्बईले २० ओभरमा ५ विकेट गुमाउँदै २३४ रन बनाएको थियो।

उसका लागि रोहित शर्माले २७ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ४९ रन बनाए। यस्तै, टिम डेविड २१ बलमा २ चौका र ४ छक्कासहित ४५ रन, इशान किशानले २३ बलान ४ चौका र २ छक्का मद्दतमा ४२ बनाए।

यस्तै, अन्निम ओभरमा ४ छक्का र २ चौका मद्दतमा ३२ रन बनाएका रोमारियो शेफर्ड १० बलमा ३९ रन बनाए।

दिल्लीका अक्षर पटेल र एनरिच नोर्कियाले २–२ विकेट लिए। खलिल अहमदले १ विकेट लिए।

प्रकाशित मिति: २०:४५ बजे, आइतबार, चैत २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्