Kathmandu Press

एमाले नेता बस्नेतविरुद्ध फौजदारी कसुरमा जाहेरी

बस्नेतमाथि फौजदारी कसुरमा कारबाहीको मागसहित जाहेरी दर्ता भएको हो। एमाले निकट एक महिलाले हुलाकमार्फत जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दर्ता गराएकी हुन्।
एमाले नेता बस्नेतविरुद्ध फौजदारी कसुरमा जाहेरी

काठमाडौं, चैत २५ : नेकपा (एमाले) का नेता एवम् पूर्वमन्त्री महेश बस्नेतविरुद्ध बलात्कार, भ्रुण हत्या र डाका चोरीको आरोपसहित प्रहरीमा जाहेरी दर्ता भएको छ।

बस्नेतमाथि फौजदारी कसुरमा कारबाहीको मागसहित जाहेरी दर्ता भएको हो। एमाले निकट एक महिलाले हुलाकमार्फत जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दर्ता गराएकी हुन्।

Hardik ivf

उक्त जाहेरी दर्ता भइसकेको प्रहरीले जनाएको छ । प्रहरीले जनाए अनुसार पीडित महिलाले चैत ७ मा हुलाकमार्फत जाहेरी पठाएकी थिइन्।

पीडित महिलाले बस्नेतले आफूलाई बलात्कार गरेको आरोप लगाएकी छन । पीडितले औषधी खुवाएर र अप्रेसन गरेर दुई पटक भ्रुण हत्या गरेको आरोप लगाएकी छन्।

प्रमाण नष्ट गर्न बस्नेतको निर्देशनमा आफु बस्ने अपार्टमेन्टमा २०८० साल फागुन ८ गते डाका चोरी गराइएको आरोप समेत बस्नेविरुद्ध दर्ता भएको जाहेरीमा लगाइएको छ।

जाहेरी दर्तापछि जिल्ला प्रहरी परिसर काठमाडौंले पीडितको दाबीलाई लिएर तथ्य प्रमाणको ‘भेरिफाई’ गर्ने कार्य अघि बढाएको छ।

प्रकाशित मिति: १८:४० बजे, आइतबार, चैत २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्