Kathmandu Press

फेवातालमा डुंगा दुर्घटनामा परेका युवकको सकुशल उद्धार

फेवातालमा डुंगा दुर्घटनामा परेका युवकको सकुशल उद्धार

कास्की, चैत २५ : फेवातालमा बोटिङ गर्ने क्रममा आइतबार साँझ दुर्घटनामा परेका एक युवकको सशस्त्र प्रहरी बलले सकुशल उद्धार गरेको छ।

अचानक चलेको हावाहुरीले डुंगा पल्टिँदा पोखरा–६ लेकसाइड बस्ने स्याङजाको अर्जुनचौपारी–३ का २० वर्षीय सोभित परियार डुबेका थिए।

Hardik ivf

घटना लगत्तै सशस्त्र प्रहरीको फेवातालको बाराहीघाटस्थित रेस्क्यु टावरमा तैनाथ उद्धार टोलीले उनलाई सकुशल उद्धार गरेको हो।

हावाहुरीको कारण तालबराही मन्दिरमा अड्किएका करिब २५ जना आन्तरिक तथा बाह्य पर्यटकलाई समेत सोही टोलीले सकुशल उद्धार गरेको सशस्त्रका डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्। 

प्रकाशित मिति: १८:०९ बजे, आइतबार, चैत २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्