चैत २७ को जनप्रदर्शनमा ५० हजारभन्दा बढीको सहभागिता हुने राप्रपाकाे दाबी
जनप्रदर्शनको तयारीका बारेमा जानकारी दिन आइतबार पार्टी कार्यालय धुम्वाराहीमा पत्रकार सम्मेलन गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदर्शनको सबै तयारी पुरा भएको र ५० हजारभन्दा बढीको सहभागीता हुने दाबी गरेका हुन्।
काठमाडाैं, चैत २५ : राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत २७ गतेको जनप्रदर्शनमा ५० हजारभन्दा बढीको सहभागीता हुने दावी गरेको छ।
जनप्रदर्शनको तयारीका बारेमा जानकारी दिन आइतबार पार्टी कार्यालय धुम्वाराहीमा पत्रकार सम्मेलन गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदर्शनको सबै तयारी पुरा भएको र ५० हजारभन्दा बढीको सहभागीता हुने दाबी गरेका हुन्।
उनले आफुहरुको प्रदर्शन शान्तिपूर्ण हुने भन्दै सुरक्षाको उचित प्रवन्ध गर्न सरकारको ध्यानाकर्षण गराए। आफुहरुको प्रदर्शनलाइ रोक्न सरकारले निषेधाज्ञा जारी गरे राप्रपाले त्यसको प्रतिकार गर्ने उनले बताए। पछिल्लो दिनमा विरोध प्रदर्शन गर्न पाउने अधिकारलाई कुण्ठित गर्न निषेधाज्ञा जारी गर्ने, लाठिचार्ज गर्ने काम भएको भन्दै उहाले निन्दा र भत्र्सना गरे। उनले भृकुटीमण्डबाट सुरु हुने जनप्रदर्शनले शहरका बिभिन्न स्थानको परिक्रमा गरेर सभामा परिणत हुने जिकिर गरे। अध्यक्ष लिङ्देनले आफुहरुको एजेण्डमा सहमत जनाउनेहरुलाई पनि प्रदर्शनमा सहभागी हुन अपिल गरे।
राप्रपाले बिभिन्न माग राख्दै प्रधानमन्त्रीलाई ४० बुँदे मागपत्र समेत बुझाएको थियो। जसमा अभिभावकीय भूमिकामा संवैधानिक राजसंस्था हुनुपर्ने, सर्वधर्म समभाव, पूर्ण धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन धर्मसापेक्ष हिन्दू अधिराज्य घोषणा गर्नुपर्ने, संगठित, योजनाबद्ध, प्रलोभन तथा छलकपटपूर्ण धर्मान्तरणमा तत्काल रोक्नु्पर्ने, प्रदेश संरचनाको खारेजी र दुई तहको सरकार– केन्द्र र अधिकारप्राप्त स्थानीय तह बनाउनुपर्ने लगाएतका छन्।










![सुकुम्बासी र भूमिहीनहरू सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_5989ea30-1782555720.jpeg)

