जय नेपाल फाउन्डेसनमा सुशासनको बहस
जय नेपाल फाउण्डेसनले काठमाडौमा आयोजना गरेको ‘जनतामा व्यप्त निराशा र हाम्रो कार्यदिशा’ विषयक अन्तरक्रियामा सहभागीहरुले सुशासनको अभावमा लोकतन्त्र सस्थागत हुन नसक्ने निचोड किालेका हुन्।
काठमाडौं, चैत २५ : पत्रकार, विज्ञ र युवा नेताहरुले सहभागितामुलक लोकतन्त्र र उत्पादनमुखी अर्थतन्त्रले मात्रै राजनीतिप्रतिको वितृष्णा हटाउन सक्ने निश्कर्ष निकालेका छन्।
जय नेपाल फाउण्डेसनले काठमाडौमा आयोजना गरेको ‘जनतामा व्यप्त निराशा र हाम्रो कार्यदिशा’ विषयक अन्तरक्रियामा सहभागीहरुले सुशासनको अभावमा लोकतन्त्र सस्थागत हुन नसक्ने निचोड किालेका हुन्।
उक्त अन्तरक्रियामा वरिष्ठ पत्रकार तथा नेपाल पत्रकार महासंघका पूर्वसभापति धर्मेन्द्र झाले प्रतिनिधिमुलक भन्दा पनि सहभागितामुलक लोकतन्त्र आजको आवश्यकता रहेको बताउदै ‘राइट टु रिकल र राइट टु रिजेक्ट’ को अवसर नागरिकलाइ उपलब्ध हुनुपर्नेमा जोड दिए।
कार्यक्रममा डा.सिता पोखरेलले राजनीति सत्ता र पदमुखी बन्दै जाँदा सुशासन कायम हुन नसकेको बताउँदै समानता र समताको खाँचो औंल्याइन। महिलालाइ कसरी पदमा पुर्याउने भन्दा पनि कसरी सक्षम बनाउने र अवसर उपलब्ध गराउने भन्ने वहस जरुरी रहेको पोखरेलको भनाइ थियो।
त्यस्तै प्राध्यायक डा. धनेश्वर नेपालले नीति र विधि भन्दा भागवण्डा हावी हुदा सवै क्षेत्रमा असन्तुष्टि चुलिदै गएको बताए। यस्तो आक्रोष लोकतन्त्रकै विरुद्ध जाने त होइन भन्ने खतरा देखिएको समेत नेपालले वताए।
नेपाल महिला संघकी केन्द्रीय सदस्य डा.अमिता प्रधानले देशमा केहि भएन भन्ने भ्रामक प्रचारले प्रश्रय पाएको, अवसरवाद र लोकप्रियतावाद मौलाएको बताइन्। प्रधानले समाजका वास्तविक हिरोहरु आझेलमा पर्ने तथा जोकरहरुको वाहवाही हुने वातावरण तयार भएको भन्दै चिन्ता व्यक्त गरिन्।
उक्त अवसरमा आफ्नो धारणा राख्दै उपप्रध्यापक विष्णु पन्थीले सिद्धान्त र व्यवहारबीच तालमेल हुन नसक्दा राजनीतिप्रतिको जनविश्वास हराउँदै गएको उल्लेख गरे। दल र नेताहरुले बाचा भुलेर जनतालाइ धोखा दिएकाले सर्वत्र विश्वासको संकट देखिएको पन्थीको बिश्लेषण थियो।
यस्तै, इन्जिनियर तथा युवा नेता विनोद देवकोटाले गुटगत राजनीति र स्वाभिमान नभएका कार्यकर्ताका कारण राजनीति विकृत भएको उल्लेख गर्दै आयातमुखी अर्थतन्त्र र वैदेशिक ऋणको भारले समृद्धिको मार्ग अवरुद्ध हुन पुगेको वताए। युवा नेता रन्जित कर्ण, नारायण भट्टराई, जीवन डंगोल, टेकराज पौडेल, विरेन्द्र सल्यानी, राकेश श्रेष्ठ लगायतले आआफ्नो धारणा राखेका थिए।
यसैगरी फाउण्डेसनका अध्यक्ष वद्री अर्याल एवं सस्थापक सदस्यहरु विजुला वर्मा र प्रकाश रावलले सस्थाको लक्ष्य र उद्धेश्यबारे अवगत गराए। कार्यक्रममा सहभागिहरुले जय नेपाल फाउण्डेसलाइ बैचारिक वहसको केन्द्रका रुपमा अघी वढाउनुपर्ने सुझाव दिएका थिए।












-1755255383.jpg)