Kathmandu Press

गण्डकीमा मुख्यमन्त्री अधिकारी र दुई मन्त्रीले लिए शपथ

मुख्यमन्त्री बन्न चाहेका चुमान मन्त्रीमै चित्त बुझाउन बाध्य भए भने मनाङे पाँचाैंपटक मन्त्री बनेका हुन्। 
गण्डकीमा मुख्यमन्त्री अधिकारी र दुई मन्त्रीले लिए शपथ

काठमाडौं, चैत २५ : गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष पद तथा गोपनLयताको शपथ लिएका छन्।

उनीसँगै माओवादी केन्द्रका हरिबहादुर चुमान र स्वतन्त्र सांसद दीपक मनाङे (राजीव गुरूङ) ले पनि मन्त्रीको शपथ लिए। मुख्यमन्त्री बन्न चाहेका चुमान मन्त्रीमै चित्त बुझाउन बाध्य भए भने मनाङे पाँचाैंपटक मन्त्री बनेका हुन्।  

Hardik ivf

अधिकारीले माओवादी केन्द्रबाट सभामुख बनेका कृष्ण धिताल समेतको समर्थन लिएर आज बिहान मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए।

केन्द्रमा नयाँ सत्ता गठबन्धन बनेपछि गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका थिए।  प्रदेश प्रमुख भट्टले संविधानको धारा १६८ (२) अनुसार यही चैत २७ गते ३ बजेभित्र दाबी पेस गर्ने समय दिएपछि एमालेका २२, माओवादी केन्द्रका ८ (सभामुखसहित) र स्वतन्त्र १ गरी ३१ जना सांसदको समर्थन प्रदेश प्रमुखलाई बुझाएका थिए।

गण्डकी प्रदेश प्रमुखले अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेपछि संवैधानिक र कानुनी प्रश्न उठाउँदै नेपाली कांग्रेस सर्वोच्च अदालत जाने भएको छ।  

 

 

 

प्रकाशित मिति: १६:२४ बजे, आइतबार, चैत २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्