विद्यालयहरूमा राजनीति गर्न नपाउने व्यवस्था राख्नुपर्ने संशोधनकर्ताहरूकाे धारणा
सिंहदरबारमा आइतबार बसेको बैठकमा संशोधनकर्ताहरुले विद्यालयहरूमा राजनीतिक गर्न नपाउने व्यवस्था राख्नुपर्ने धारणा राखेका थिए।
काठमाडाैं, चैत २५ : प्रतिनिधिसभा अन्तर्गतको शिक्षा समितिले विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा संशोधनकर्ता सांसदहरुसंग छलफल गरेको छ।
सिंहदरबारमा आइतबार बसेको बैठकमा संशोधनकर्ताहरुले विद्यालयहरूमा राजनीतिक गर्न नपाउने व्यवस्था राख्नुपर्ने धारणा राखेका थिए।
साथै उनीहरुले शिक्षकको मर्यादाक्रम निर्धारण गरिनुपर्ने, शिक्षक नियुक्तमा एकरुपता कायम गर्नुपर्ने लगाएत संशोधन राखेका छन्। त्यस्तै विधेयकमा शिक्षकको बढुवा लगाएतमा संशोधन परेको छ।
विधेयकमा राष्ट्रिय परिक्षा बोर्ड, शिक्षा सेवा आयोगको व्यवस्था गरिएको छ भने विद्यालयको प्रधानाध्यापक छनौट सम्बन्धी व्यवस्था प्रस्ताव गरिएको छ।
प्रकाशित मिति: १६:०७ बजे, आइतबार, चैत २५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![सुकुम्बासी र भूमिहीनहरू सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_5989ea30-1782555720.jpeg)

