Kathmandu Press

यसै आर्थिक वर्षभित्र उपभोक्ता अदालत गठन गर्न सरकारलाई निर्देशन

सिंहदरबारमा आइतबार बसेको समिति बैठकले उपभोक्ता अदालत गठनका लागि नियम, नियमावली मापदण्डहरु यसै आर्थिक बर्षभित्र तर्जुमा गरि उपभोक्ता अदालत गठन गर्न सरकारलाई निर्देशन दिएको हो।
यसै आर्थिक वर्षभित्र उपभोक्ता अदालत गठन गर्न सरकारलाई निर्देशन

काठमाडाैं, चैत २५ : प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले यसै आर्थिक वर्षभित्र उपभोक्ता अदालत गठन गर्न सरकारलाई निर्देशन दिएको छ।

सिंहदरबारमा आइतबार बसेको समिति बैठकले उपभोक्ता अदालत गठनका लागि नियम, नियमावली मापदण्डहरु यसै आर्थिक वर्षभित्र तर्जुमा गरी उपभोक्ता अदालत गठन गर्न सरकारलाई निर्देशन दिएको हो।

Hardik ivf

उपभोक्ता अदालतको गठनमा देखिएका समस्याका बिषयमा आगामी बैठकमा कानून मन्त्री र उद्योग मन्त्रीसंग थप छलफल गरिने समिति सभापति अब्दुल खानले जानकारी दिए ।

उनले उपभोक्ता अदालत गठन गर्न कानुनी अड्चन भए समितिलाई जानकारी गराउन पनि निर्देशन दिए। 

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ४१ मा उपभोक्ता अदालत गठन गर्ने व्यवस्था भएपनि हालसम्म गठन हुन सकेको छैन। 

प्रकाशित मिति: १६:०४ बजे, आइतबार, चैत २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्