Kathmandu Press

राष्ट्रियसभा उपाध्यक्ष दाहालको एक महिनाको तलब केन्द्रीय कोषमा

काठमाडौं, चैत ११ : राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालले सरकारले स्थापना गरेको  कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक महिनाको....

राष्ट्रियसभा उपाध्यक्ष दाहालको एक महिनाको तलब केन्द्रीय कोषमा

काठमाडौं, चैत ११ : राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालले सरकारले स्थापना गरेको  कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक महिनाको तलब जम्मा गरिदिएकी छिन्।

उपाध्यक्ष दाहालले संघीय संसद सचिवालयको आर्थिक प्रशासन शाखालाई आफ्नो सरकारी सुविधाबाट प्राप्त एक महिनाको तलब कोषमा जम्मा गर्न निर्देशन दिएकी हुन्।

उपाध्यक्ष दाहालले सरकारको निर्देशनको पालना गर्दै घरमै सुरक्षित बस्न पनि अपील गरेकी छिन्। उनले कोरोना भाइरसको संक्रमण जोखिम नेपालमा पनि रहेकाले संक्रमणबाट आतङ्कित नभई सावधानी अपनाउन आग्रह गरेकी छिन्।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई फैलन नदिन तथा रोकथाम एवं नियन्त्रणका लागि सरकारले राष्ट्रिय वाणिज्य बैंक सिंहदरवार शाखाको खाता नम्बर १९६०००००११०१ मा उपचार कोष स्थापना गर्दै रकम जम्मा गर्न अपिल गरेको छ। 

प्रकाशित मिति: १०:५८ बजे, मंगलबार, चैत ११, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्