गण्डकीमा मुख्यमन्त्री नियुक्तिविरुद्ध अदालत जाने तयारीमा कांग्रेस
मुख्यमन्त्रीको असंवैधानिक नियुक्ति भएको भन्दै कानुनी उपचारका लागि रिट लिएर सर्वोच्च अदालत जाने तयारी भएको हो।
पोखरा, चैत २५ : गण्डकी प्रदेश प्रमुखले एमाले नेता खगराज अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेपछि संवैधानिक र कानुनी प्रश्न उठाउँदै नेपाली कांग्रेस सर्वोच्च अदालत जाने भएको छ।
मुख्यमन्त्रीको असंवैधानिक नियुक्ति भएको भन्दै कानुनी उपचारका लागि रिट लिएर सर्वोच्च अदालत जाने तयारी भएको हो।
अधिकारीको नियुक्तिलाई लिएर अहिले गण्डकी कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेको निवासमा छलफल भइरहेको छ। छलफलपछि अदालत जानेबारे निर्णय लिने तयारी छ।
मुख्य मन्त्रीमा नियुक्त अधिकारीको सपथको तयारी भइरहेको छ । पाण्डेले असंवैधानिक नियुक्ति अस्विकार गर्ने बताइसकेका छन् ।
प्रकाशित मिति: १५:३७ बजे, आइतबार, चैत २५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![सुकुम्बासी र भूमिहीनहरू सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_5989ea30-1782555720.jpeg)

