दीपक मनाङे पाँचौँपटक मन्त्री बन्दै
सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा मनाङे भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री थिए।
पोखरा, चैत २५ : नेकपा एकीकृत समाजवादी छाडेर अहिले स्वतन्त्र हैसियतमा रहेका दीपक मनाङे (राजीव गुरुङ) पाँचौँपटक मन्त्री बन्दैछन्।
गण्डकी प्रदेशमा मुख्यमन्त्री नियुक्त खगराज अधिकारीले मनाङेलाई पनि समेटेर मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन्। एमाले संसदीय दलका नेतासमेत रहेका अधिकारीले साढे ३ बजे शपथ लिने तयारी गरेका छन्।
उनले मनाङेसहित दुईजनालाई बिना विभागीय मन्त्री नियुक्त गर्ने तयारी तयारी गरेका छन्। सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा मनाङे भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री थिए।
प्रकाशित मिति: १५:०८ बजे, आइतबार, चैत २५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![सुकुम्बासी र भूमिहीनहरू सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_5989ea30-1782555720.jpeg)

