Kathmandu Press

गण्डकी सरकार गठनमा आफ्नो सहभागिता नरहेको सभामुख धितालकाे स्पष्टीकरण

दलको सदस्यता त्यागेका सभामुखको नाम पेस भई आएको विषयमा प्रदेश प्रमुखले बुझ्नुपर्ने विषय रहेको उनको भनाइ छ।
गण्डकी सरकार गठनमा आफ्नो सहभागिता नरहेको सभामुख धितालकाे स्पष्टीकरण

पोखरा, चैत २५ : गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले सरकार गठनमा आफू सहभागी नभएको बताएका छन्।

नेकपा एमाले–माओवादी केन्द्र गठबन्धनले सभामुख धितालको नामसमेत राखेर प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष बहुमत पुर्‍याई मुख्यमन्त्री दाबी गरेको थियो।

Hardik ivf

प्रदेश प्रमुखले एमाले संसदीय दलका नेतासमेत रहेका खगराज अधिकारीलाई मुख्यमन्त्री नियुक्ति गरिसकेका बेला सभामुख धितालले सरकार गठनमा आफ्नो सहभागिता नरहेको स्पष्टीकरण दिएका छन्।

दाबी पेस गर्ने बेलामा आफूसँग कुनै सल्लाह नभएको र आफूले हस्ताक्षार पनि नगरेकाे उनले स्पष्ट पारे। दलको सदस्यता त्यागेका सभामुखको नाम पेस भई आएको विषयमा प्रदेश प्रमुखले बुझ्नुपर्ने विषय रहेको उनको भनाइ छ।

प्रकाशित मिति: १५:३१ बजे, आइतबार, चैत २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्