स्वास्थ्यमन्त्री यादवले गरे भरतपुर अस्पतालको अनुगमन
आइतबार अस्पताल पुगेर यादवले अस्पतालको आकस्मिक कक्ष, ओपिडी कक्ष, फार्मेशीलगायत विभिन्न कक्षको अनुगमन गर्नुका साथै भर्ना भएका बिरामीको अवस्थाबारे जानकारी लिएका हुन्।
भरतपुर, चैत २५ : उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले चितवनस्थित भरतपुर अस्पतालको अनुगमन गरेका छन्।
आइतबार अस्पताल पुगेर यादवले अस्पतालको आकस्मिक कक्ष, ओपिडी कक्ष, फार्मेशीलगायत विभिन्न कक्षको अनुगमन गर्नुका साथै भर्ना भएका बिरामीको अवस्थाबारे जानकारी लिएका हुन्।
सो क्रममा मन्त्री यादवले अस्पतालको स्तरोन्नतिका लागि आवश्यक भौतिक संरचना तथा स्वास्थ्य उपकरणको अवस्थाबारे जानकारी लिए। उनले अस्पताल प्रशासनले राखेका समस्या समाधान गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गरे।
तयस्तै उहाले जनताले चाहे अनुसार काम गर्न नसके पनि स्वास्थ्य क्षेत्रमा सरकारको तत्परताले सेवा प्रवाह कम नभएको दाबी गरे।
प्रकाशित मिति: १४:३६ बजे, आइतबार, चैत २५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![सुकुम्बासी र भूमिहीनहरू सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_5989ea30-1782555720.jpeg)