मुख्यमन्त्रीमा नियुक्त अधिकारीको साढे ३ बजे शपथ
नेपाली कांग्रेसका संसदीय दलका नेता एवम् गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री सुरेन्द्र पाण्डेले अधिकारीलाई मुख्यमन्त्री बनाएकोमा आपत्ति जनाइसकेका छन्।
काठमाडौं, चैत २५ : गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त खगराज अधिकारीले साढे ३ बजे सपथ लिने तय भएको छ।
अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले दुई वा दुईभन्दा बढी दलको समर्थन जुटाएको आधार मानेर मुख्यमन्त्री नियुक्त गरेका थिए। नियुक्ति लगत्तै आइतबार दिउँसो साढे ३ बजे शपथ समारोह राखिएको हो।
प्रदेश प्रमुख भट्टले धारा १६८ को उपधारा २ बमोजिम अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेको जनाइएको छ।
नेपाली कांग्रेसका संसदीय दलका नेता एवम् गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री सुरेन्द्र पाण्डेले अधिकारीलाई मुख्यमन्त्री बनाएकोमा आपत्ति जनाइसकेका छन्।
प्रकाशित मिति: १४:२१ बजे, आइतबार, चैत २५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![सुकुम्बासी र भूमिहीनहरू सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_5989ea30-1782555720.jpeg)