Kathmandu Press

एमाले कालीकोटको अध्यक्षमा मल्ल

शनिबार भएको निर्वाचनमा मल्लले दुई सय १८ मत प्राप्त गर्दा अध्यक्षका प्रत्यासी सिम्खडाले एक सय ८६ मत प्राप्त गरे।
एमाले कालीकोटको अध्यक्षमा मल्ल

कालीकोट, चैत २५ : नेकपा एमाले जिल्ला कमिटीको अध्यक्षमा तुलाराम मल्ल विजयी भएका छन्।

शनिबार भएको निर्वाचनमा मल्लले दुई सय १८ मत प्राप्त गर्दा अध्यक्षका प्रत्यासी सिम्खडाले एक सय ८६ मत प्राप्त गरे।

यही चैत २१ गतेदेखि सुरु भएको ११औँ जिल्ला अधिवेशनमा सहमति नभएपछि शनिवार निर्वाचन भएको थियो। पदाधिकारीमा अध्यक्ष मल्लको प्यानल नै विजयी भएको छ । 

साथै, उपाध्यक्षमा टेकबहादुर बुढाले दुई सय १० मतसहित निर्वाचित भए भने प्रतिद्वन्द्वी कमलबहादुर शाहीले एक सय ७२ मत प्राप्त गरे। सचिवमा पुष्पराज आचार्यले दुई सय १२ मत ल्याएर विजयी हुँदा प्रत्यासी खडानन्द चौलागाई एक सय ५८ मत प्राप्त गरे। 

उपसचिव खुलामा पवित्र शाहीले एक सय ६८ मत प्राप्त निर्वाचित भए भने उनका प्रत्यासीहरु प्रेमबहादुर बुढाले ९२ र लङ्कबहादुर बमले ९८ मत पाउनु भएको निर्वाचन समितिका सदस्य भरत विष्टले जानकारी दिए।

उपसचिव महिलामा ताराकुमारी शाहीले दुई सय १२ मत प्राप्त गरी विजयी हुनुभयो भने प्रत्यासी सुभद्रा सिंहले सय ५७ मत प्राप्त गरे। 

निर्वाचनमा कुल चार सय २८ मतदातामध्ये चार सय २४ मत खसेको निर्वाचन समितिले जनाएको छ।

प्रकाशित मिति: १४:०८ बजे, आइतबार, चैत २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्